NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

प्रधानमन्त्रीको निर्देशनपछि दूरसञ्चारले खारेज गर्यो एमडिएमएस लागू गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले निर्णय खारेज गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रशासन नभएसम्म पहिलाकै प्रक्रिया कार्यान्वयन हुने जनाएको छ ।

प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै यसमा दर्ता नभई विदेशबाट ल्याइएका मोबाइल फोन पुस १५ गतेदेखि नचल्ने व्यवस्था गरेको थियो । यसअन्तर्गत कसैले पनि विदेशबाट आउँदा एउटा भन्दा बढी मोबाइल ल्याएमा १८ प्रतिशत भ्रन्सार कर लाग्ने र तेस्रो मोबाइल सरकारले नै जफत गर्ने भनिएको थियो ।

प्राधिकरणले गैरकानुनी रूपमा आयात हुने मोबाइललाई व्यवस्थित गर्ने, चोरी भएका र हराएका मोबाइलको ट्रयाकिङ र ब्क्लकिङ गर्ने भन्दै यो व्यवस्था लागू गर्ने भनेको होे ।

यसबारे समाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि विदेशमा बस्ने नेपालीले ह्यासट्याग नो रेमिटेन्स अभियान नै चलाएका थिए । चर्को विरोध र प्रधानमन्त्रीको निर्देशनसँगै प्राधिकरण पछि हटेको छ ।