प्रधानमन्त्रीको निर्देशनपछि दूरसञ्चारले खारेज गर्यो एमडिएमएस लागू गर्ने निर्णय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले निर्णय खारेज गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रशासन नभएसम्म पहिलाकै प्रक्रिया कार्यान्वयन हुने जनाएको छ ।
प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै यसमा दर्ता नभई विदेशबाट ल्याइएका मोबाइल फोन पुस १५ गतेदेखि नचल्ने व्यवस्था गरेको थियो । यसअन्तर्गत कसैले पनि विदेशबाट आउँदा एउटा भन्दा बढी मोबाइल ल्याएमा १८ प्रतिशत भ्रन्सार कर लाग्ने र तेस्रो मोबाइल सरकारले नै जफत गर्ने भनिएको थियो ।
प्राधिकरणले गैरकानुनी रूपमा आयात हुने मोबाइललाई व्यवस्थित गर्ने, चोरी भएका र हराएका मोबाइलको ट्रयाकिङ र ब्क्लकिङ गर्ने भन्दै यो व्यवस्था लागू गर्ने भनेको होे ।
यसबारे समाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि विदेशमा बस्ने नेपालीले ह्यासट्याग नो रेमिटेन्स अभियान नै चलाएका थिए । चर्को विरोध र प्रधानमन्त्रीको निर्देशनसँगै प्राधिकरण पछि हटेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया