हेटौंडा उपमहानगरको बजेट संशोधन
बागमती । हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ ।
उपमहानगरपालिद्वारा हेटाैंडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी तीन अर्ब पाँच करोड पु-याइएको छ ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँद्वारा सो बैठकमा प्रस्तुत प्रगति प्रतिवेदनमार्फत् जानकारी दिइएको हो । गत असारमा सम्पन्न ११औँ नगर परिषद्द्वारा चालू आवका लागि दुई अर्ब ७१ करोड ७९ लाख बजेट पारित गरिएको थियो ।
तर अघिल्लो आर्थिक वर्षको ३७ करोडभन्दा बढी जिम्मेवारी सरेर आएको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्नु परेकाले बजेट संशोधन गरिएको उनले बताए ।
बैठकमा प्रस्तुत प्रतिवेदनमा चालू आवको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने बाँकी अवधिमा गर्नुपर्ने कार्य तथा लक्ष्यको विवरण प्रस्तुत गरिएको थियो । चालू आवकोे मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारबाट समानीकरण तथा ससर्त अनुदानतर्फ ५५ करोड ४६ लाख, प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ३७ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ ६ करोड सात लाख ६८ हजार र आन्तरिक स्रोततर्फबाट ८७ करोड ८७ लाख आम्दानी भएको उपप्रमुख बानियाँले जानकारी दिए ।
साथै उपमहानगरपालिकाले दुई सय ४८ वटा योजनामध्ये ४८ वटा योजना सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको सो बैठकमा योजना कार्यावन्यनका आधारमा हेटौंडा-१४ लाई प्रथम र १५ लाई द्वितीय घोषणा गरिएको थियो ।
प्रथम र द्वितीय वडालाई क्रमशः २० लाख १५ लाख बराबरको योजना अनुदानस्वरुप उपलब्ध गराउने जानकारी दिइएको थियो । उक्त अवसरमा प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकामा जनअपेक्षाअनुरुप विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएको बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया