नीर्जीवन बीमा कम्पनीले मंसिरसम्ममा उठाए १५ अर्ब ९७ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट १५ अर्ब ९७ करोड ८४ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
सो अवधिमा कम्पनीहरूले ११ लाख ४७ हजार २६४ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।
मंसिमा मात्रै २ अर्ब ६१ करोडको व्यवसाय
चालु आवको मंसिरमा मात्रै कम्पनीहरूले व्यवसायबाट २ अर्ब ६१ करोड १९ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख २८ हजार १२६ वटा बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।
कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । चालु आवको मंसिरसम्ममा शिखरले सबैभन्दा धेरै १ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । शिखरले मंसिरमा मात्रै २७ करोड १ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले मंसिरमा मात्रै २३ करोड ५९ लाख बीमा शुल्क संकलन गरेको छ । सो कम्पनीले मंसिर महिनासम्ममा भने कुल १ अर्ब २७ करोड बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले मंसिरमा मात्रै २२ करोड ५६ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो कम्पनीले असोजसम्ममा भने कुल १ अर्ब २९ करोड बीमा शुल्क संकलन गरेका छन् ।
यस्तो छ कम्पनीहरूको असोजसम्मको बीमा शुल्क विवरण :

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया