रोनाल्डोपछि सुवारेज पनि जोडिए नयाँ क्लबमा
काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोपछि उरुग्वेका फरवार्ड लुइस सुआरेज पनि नयाँ क्लबमा अनुबन्धित भएका छन् ।
उरुग्वेको नासिनल डी फुटबल क्लब छाडेपछि कतै पनि आबद्ध नरहेका सुआरेज ब्राजिलियन क्लब ग्रिमियोमा अनुबन्धित भएका हुन् ।
सुआरेजलाई आफ्नो क्लबमा अनुबन्ध गरिएको ग्रिमियोले शनिबार जनाएको छ ।
सुआरेजले आगामी दुई वर्ष ग्रिमियोका लागि खेल्नेछन् ।
भूमिकाविहीन स्टार खेलाडीहरू धमाधम क्लबमा अनुबन्धित हुन थालेका छन् । यसअघि पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले साउदी क्लबसँग सम्झौता गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया