विक्रम पाण्डेविरुद्ध अख्तियार सर्वोच्च जाने, सांसदबाट निलम्बित हुने
काठमाडौं । चितवन–३ बाट निर्वाचित सांसद तथा निर्माण व्यवसायी विक्रम पाण्डेले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नगरेको विशेष आदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकनका लागि सर्वोच्च जाने भएकाे छ ।
सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका पाण्डेसहित २१ जनालाई गत ५ असारमा विशेष अदालतले सफाइ दिएको थियो ।
सिक्टा सिंचाई आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको भन्ने अख्तियारको दाबीलाई विशेषले अस्वीकार गरेको हो । सोही फैसलाविरुद्ध पुनरावलोकनका लागि अख्तियार सर्वोच्च गएको स्रोतले बताएकाे छ ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पाण्डे चितवन–३ बाट निर्वाचित भएका थिए । अदालतमा मुद्दा दायर भएपछि स्वतः पद निलम्बित हुने कानुनी व्यवस्था छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया