NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सुनको मूल्य प्रतितोला १ लाख १७०० रूपैयाँमा कारोबार हुँदै

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको छ । शुक्रबार एक लाख १४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख १७ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ सय रूपैयाँ छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ५ रूपैयाँ बढेर प्रतितोला एक हजार चार सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।