सुनको मूल्य प्रतितोला १ लाख १७०० रूपैयाँमा कारोबार हुँदै
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको छ । शुक्रबार एक लाख १४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख १७ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ सय रूपैयाँ छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ५ रूपैयाँ बढेर प्रतितोला एक हजार चार सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया