मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश १ मा पुस २४ गतेसम्मको समय
काठमाडाैं । प्रदेश १ को मुख्यमन्त्री पदका लागि दाबी गर्न प्रदेश प्रमुखकको कार्यालयले एक साताको समय तोकेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले आज एक विज्ञप्ती जारी गर्दै पुस २४ गते आइतबार साँझ ५ बजे भित्र मुख्यमन्त्री पदका लागि दाबी गर्न दलहरुलाई आह्वान गरेका छन् ।
‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजे भित्र दाबी पेश गर्न आह्वान गरिएकाे छ ।’ विज्ञप्तीमा भनिएको छ ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया