लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै
दाङ । लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिँदै छन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरुलाई शपथग्रहण गराउन लागिएको हो ।
केही बेरमा शपथग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । प्रदेशसभा सदस्यहरुलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने कार्यक्रम छ ।
प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेशसभा भवनमा शपथग्रहण गराउन लागिएको उनले बताए ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् । नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक/एक प्रदेशसभा सदस्य छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया