बाँसबारीको ६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा
काठमाडौं । तीन पटकको नापीमा सरकारी (पर्ती) जमिन भनेर प्रमाणित काठमाडौं महानगरपालिका–४, बाँसबारीको ६ रोपनी जमिन एकाएक व्यक्तिका नाममा हक कायम गरिएको छ । काठमाडौं महानगरपालिकाको साविक वडा नं. २३ को कित्ता नं. ९० को उक्त जग्गा वि.सं. २००१, २०२२ र २०४४ सालमा गरी तीन पटकको नापीमा पर्ती प्रमाणित भएको थियो । उक्त जग्गा ०७८ असार २८ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बद्रीप्रसाद ओलीको आदेशले व्यक्तिका नाममा गएको हो ।
न्यायाधीश ओलीलाई अहिले सर्वोच्च अदालत झिकाइएको छ तर कुनै कारबाही गरिएको छैन । न्यायाधीश ओलीको एकल इजलासले उक्त जमिनलाई पर्ती बदर गराउँदै बाँसबारीका हरिहरसिंह ठकुरी, उनका भाइ कान्छाराम र कान्छाकी पत्नी काइँली भनिने जयन्ती शाहका नाममा हक कायम गरिदिएको थियो । अहिले उक्त फैसलाविरुद्ध मालपोत कार्यालय, डिल्लीबजारले पाटन उच्च अ दालतमा पुनरावेदन गरेको छ ।
०७८ भदौ ११ मा उच्च अदालत पाटनमा मालपोट कार्यालयको पुनरावेदन गरेयता १६ महिनामा उक्त मुद्दा २३ पटक पेसीमा चढेको छ तर १८ पटकसम्म कुनै सुनुवाइ हुन सकेन । १२ पटक स्थगित र ६ पटक न्यायाधीशले हेर्न नभ्याएको उक्त मुद्दामा ५ पटक आदेश भएको देखिन्छ । जसमा एक पटक अर्को पेसी तोक्ने, एक पटक झगडिया झिकाउने, एक पटक प्रमाण बुझ्ने र दुई पटक मिसिल झिकाउने आदेश भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया