राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीकाे आग्रह
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीसँग आज परामर्श गरेका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेका राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनका लागि प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग भेट गरेका हुन ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम निवार्चन प्रक्रियाको थालनि गर्न प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई अनुरोध गरेका छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार रिक्त रहेका राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रिया पनि छिटै सम्पन्न गर्न आयोगलाई अनुरोध गरिएको छ ।वैठकमा सरकारका अर्थमन्त्री विष्णु पौडेल, र रवि लामिछानेको समेत उपस्थिति थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया