NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

काभ्रेमा पोल्ट्री व्यवसाय बजारीकरण चुनौतीपूर्ण बन्दै

 काभ्रे । कुखुराको मासु उत्पादनका आधारमा देशभरकै दोस्रो जिल्ला काभ्रेमा बजारीकरण चुनौतीपूर्ण बन्दै गएको छ ।

पोल्ट्रि व्यवसायमा मात्रै १२ अर्ब लगानी रहेको काभ्रेमा वार्षिक २८ हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुने गरेको छ । तर बजारको समस्या देखिएको व्यवसायीहरूले गुनासो गरेका छन् । बेच्न ठिक्क भएका कुखुरा नबिक्ने साथै अचानक फर्ममा रोग देखिँदा कुखुरा सखाप हुने गरेको छ ।

कुखुरा मरेर लाखौं घाटा लाग्दा समेत सरकारले कुनै सहयोग नगरेको पोल्ट्रि व्यवसायी मञ्च काभ्रेका सचिव दयाराम महतले गुनासो गरे। मासु मात्रै नभइ काभ्रेमा वार्षिक उत्पादन हुने लगभग ७ करोड ७० लाख गोटा अण्डा पनि बिक्री हुन मुस्किल हुन थालेको छ ।

कव नेपाल प्रा.लिका प्राविधिक प्रमुख डा. सुदिप हुमागाँईले लागतको आधारमाभन्दा पनि मागका आधारमा मूल्य निर्धारण हुँदा किसान मारमा परेको जानकारी दिए ।

काभ्रेपलाञ्चोकमा वार्षिक ४ लाख ८० हजार कुखुरा उत्पादन हुन्छ । अर्बौ खर्च गरेर तयार भएको कुखुराको मासु र अण्डा समयमा बिक्री नभएर खेर जाने अवस्थामा पुगेको हो । मासु र अण्डाको उचित बजारिकणको लागि सम्मन्वय गरिदिन किसानले सरकारसँग माग गरेका छन् ।