कुश्मा नगरपालिकाले महिलाका लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौं । पर्वतस्थित कुश्मा नगरपालिकाले निजामती सेवामा प्रवेश गर्न चाहने महिलाका लागि लोकसेवा तयारीको निशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक र समाजिक रूपमा विपन्न महिलाहरूका लागि आर्थिक वर्ष ०७९÷८० को स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरूङले नगरपालिकाले विपन्न महिलाको लागि पहिलो पटक निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको बताए । ‘निजामतीमा महिलाको आकर्षण बढाउनका लागि नगरपालिकाले गरेको यो पहिलो प्रयास हो,’ उनले भने, ‘सहभागिता उत्साहजनक हुने आशा गरेका छौं ।’
अहिलेका लागि राजपत्र अनांङ्कित द्वितीय श्रेणी खरिदार अप्राविधिक पदको कक्षा सञ्चालन हुन लागेको हो । त्यसका लागि पुस २४ भित्र इच्छुक महिलाले सम्बन्धित वडा कार्यालयमा दरखास्त दिन सक्नेछन् ।
गुरूङका अनुसार तालिममा सहभागी हुनका लागि एसएलसी–एसइइ उत्तीर्ण गरेको हुनुपर्छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकालाई तालिम दिइनेछ र कुश्मा नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया