श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन
एजेन्सी । आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।
विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए भने सन् २०२२ मा छ लाख ७८ हजार तीन सय ९२ जना आमोदप्रमोदका निम्ति आएका थिए ।
कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया