रुसले ड्रोन हमला गरेर युक्रेनलाई सिध्याउने प्रयास गरिरहेको छ : जेलेन्स्की

काठमाडौं (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ड्रोन हमला गरेर आफ्नो देशलाई सिध्याउने योजना बनाएको बताएका छन् ।
डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जानेगरी एउटा हमला गरेको थियो । त्यसलगत्तै युक्रेनी राष्ट्रपतिबाट यस्तो भनाइ बाहिरिएको हो ।
इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले आफ्नो देशमाथि हमला बढाउन लागेको गुप्तचर रिपोर्टमार्फत आफूले जानकारी पाएको उनले बताएका छन् ।
यसैबीच, डोनेत्स्क क्षेत्रमा युक्रेनले रुसी सेनामाथि आक्रमण गरेको छ । आक्रमणमा रुसी सेनातर्फ ठूलो हताहती भएको बताइए पनि स्वतन्त्र पुष्टि हुन बाँकी छ । युक्रेनले यो हमलामा ४०० रुसी फौज मारिएको दाबी गरेको छ भने रुसले ६३ जनाले मात्र ज्यान गुमाएको जनाएको छ । रुसबाट आफ्नोतर्फ पुगेको क्षति स्वीकार भएको यो पहिलो घटना हो ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया