रुसले ड्रोन हमला गरेर युक्रेनलाई सिध्याउने प्रयास गरिरहेको छ : जेलेन्स्की
काठमाडौं (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ड्रोन हमला गरेर आफ्नो देशलाई सिध्याउने योजना बनाएको बताएका छन् ।
डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जानेगरी एउटा हमला गरेको थियो । त्यसलगत्तै युक्रेनी राष्ट्रपतिबाट यस्तो भनाइ बाहिरिएको हो ।
इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले आफ्नो देशमाथि हमला बढाउन लागेको गुप्तचर रिपोर्टमार्फत आफूले जानकारी पाएको उनले बताएका छन् ।
यसैबीच, डोनेत्स्क क्षेत्रमा युक्रेनले रुसी सेनामाथि आक्रमण गरेको छ । आक्रमणमा रुसी सेनातर्फ ठूलो हताहती भएको बताइए पनि स्वतन्त्र पुष्टि हुन बाँकी छ । युक्रेनले यो हमलामा ४०० रुसी फौज मारिएको दाबी गरेको छ भने रुसले ६३ जनाले मात्र ज्यान गुमाएको जनाएको छ । रुसबाट आफ्नोतर्फ पुगेको क्षति स्वीकार भएको यो पहिलो घटना हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया