मेस्सी, नेयमारबिना एमबाप्पे चलेनन्, लिग १ को पहिलो सिजनमा पिएसजीको हार
काठमाडौं (एजेन्सी) । लिग १ को पहिलो सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ । मेस्सी र नेयमारबिना मैदानमा उत्रिएको पिएसजी ३–१ ले लेन्ससँग स्तब्ध बनेको हो ।
पिएसजीबाट युवा सुपरस्टार केलियन एमबाप्पे मैदानमा उत्रिएका थिए । तर मेस्सी र नेयमारबिना उनी चम्कन सकेनन् ।
अर्जेन्टिनालाई विश्वकप दिलाएपछि मेस्सी स्वदेशमै छन् । यता, नेयमारले स्ट्रासबर्गविरुद्धको अन्तिम खेलमा रातो कार्ड पाएका थिए, जसका कारण उनले यो खेल खेल्न पाएनन् ।
खेलको पाँचौं मिनेटमा फ्रान्कोभस्कीको गोलबाट लेन्सले १–० को अग्रता लिए पनि तीन मिनेटपछि नै ह्युगो एकिटिकेले पीएसजीलाई बराबरीमा ल्याए । लेन्स स्ट्राइकर लोइस ओपेन्डाले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन दुई मिनेटअघि एलेक्सिस मौरिसले अर्को गोल गर्दै लेन्सलाई ३–१ को फराकिलो अग्रतामा पुर्याए ।
यो हारसँगै लिग–१ मा पिएसजीको अग्रता मात्रै चार अंकमा सीमित भएको छ । यसअघि उसले लेन्समाथि ७ अंकको अग्रता लिएको थियो । पीएसजीले १७ खेलबाट ४४ अंक बटुलेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया