जाडोमा किन हुन्छ कपडाको एलर्जी ?

काठमाडौं । जाडो मौसममा चिसोबाट बच्नका लागि हामी तातो बाक्लो लुगा लगाउने गर्छौै । गर्मी महिनामा राखेका लुगा जाडो आउँदा मात्र हामी झिक्न थाल्छौं । यसरी लामो समय स्टोर गरेर रोखको कपडाले शरीरको छालामा एलर्जी गराउँछ ।
जसले छाला अत्यधिक चिलाउने र राता फोका उठने गर्छन् । स्टोर गरेर राखेका लुगाले मात्र नभइ चिसोमा बाक्लो कपडाले पनि छालामा एलर्जी गर्ने गर्छ । जाडो महिनामा कपडाको छालाबाट बच्न हामीले लगाउने लुगामा ध्यान दिन जरुरी छ ।
बाक्लो लुगा धुन गाह्रो हुने भएकाले हामी त्यसलाई राम्ररी धुदैनौं । यसैले, बाक्लो लुगा लगाउनु अघि राम्रोसँग धुन र घाममा सुकाउन जरुरी छ । यसले धेरै हदसम्म यस्तो एलर्जीबाट जोगाउँँछ ।
लुगा लामो समय नधोइ लगाएमा यसले शरीरमा विभिन्न समस्या देखापर्छ । त्यसै गरी लुगा अर्को उपाए भनेको बाक्लो लुगा लगाउनु अघि शरीरमा कुनै लोसन र क्रिमको प्रयोग गर्न सकिन्छ । यसले पनि लुगाको एलर्जीबाट जोगाउन सक्छ ।
बाक्लो लुगामा हुने ऊनले छालालाई अत्यधिक एलर्जी गराउने गर्छ । त्यसैले ऊनको कपडा लगाउँदा अझ बढी सावधनी अपनाउनु पर्छ । बाक्लो लुगा लगाउँदा सुतीको कपडा माथि लगाउने गर्नाले यस्तो समस्याबाट धेरैहद सम्म राहत मिल्छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया