जाडोमा किन हुन्छ कपडाको एलर्जी ?
काठमाडौं । जाडो मौसममा चिसोबाट बच्नका लागि हामी तातो बाक्लो लुगा लगाउने गर्छौै । गर्मी महिनामा राखेका लुगा जाडो आउँदा मात्र हामी झिक्न थाल्छौं । यसरी लामो समय स्टोर गरेर रोखको कपडाले शरीरको छालामा एलर्जी गराउँछ ।
जसले छाला अत्यधिक चिलाउने र राता फोका उठने गर्छन् । स्टोर गरेर राखेका लुगाले मात्र नभइ चिसोमा बाक्लो कपडाले पनि छालामा एलर्जी गर्ने गर्छ । जाडो महिनामा कपडाको छालाबाट बच्न हामीले लगाउने लुगामा ध्यान दिन जरुरी छ ।
बाक्लो लुगा धुन गाह्रो हुने भएकाले हामी त्यसलाई राम्ररी धुदैनौं । यसैले, बाक्लो लुगा लगाउनु अघि राम्रोसँग धुन र घाममा सुकाउन जरुरी छ । यसले धेरै हदसम्म यस्तो एलर्जीबाट जोगाउँँछ ।
लुगा लामो समय नधोइ लगाएमा यसले शरीरमा विभिन्न समस्या देखापर्छ । त्यसै गरी लुगा अर्को उपाए भनेको बाक्लो लुगा लगाउनु अघि शरीरमा कुनै लोसन र क्रिमको प्रयोग गर्न सकिन्छ । यसले पनि लुगाको एलर्जीबाट जोगाउन सक्छ ।
बाक्लो लुगामा हुने ऊनले छालालाई अत्यधिक एलर्जी गराउने गर्छ । त्यसैले ऊनको कपडा लगाउँदा अझ बढी सावधनी अपनाउनु पर्छ । बाक्लो लुगा लगाउँदा सुतीको कपडा माथि लगाउने गर्नाले यस्तो समस्याबाट धेरैहद सम्म राहत मिल्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया