NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जीवन बीमा कम्पनीले मंसिरमा मात्रै आर्जन गरे १३ अर्ब ५० करोड बीमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडाैं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०७८/७९ को मंसिरमा १३ अर्ब ५० करोड ४६ लाख रूपैयाँ कुल बीमा शुल्क शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले १० लाख एक हजार १९९ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सोही अविधको मंसिरसम्ममा  कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६२ लाख कुल बीमा शु्ल्क संकलन गरेको छ । त्यस्तै सोही अवधिमा कम्पनीहरूले ४८ अर्ब २४ करोड ५३ लाख नविकरण शुल्क संकलन गरेको छ ।

कम्पनीहरूले मंसिरसम्ममा १ करोड ३९ लाख ८६ हजार ५०५ बीमालेख जारी गरी ११ अर्ब २७ करोड ८ लाख प्रथम शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले मंसिरसम्ममा १५ अर्ब ६२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । सोही अविधसम्ममा नेपाल लाइफले प्रथम बीमा शुल्क मात्रै २ अर्ब १४ करोड रूपैयाँ संकलन गरेको छ । मंसिर महिनामा मात्रै कम्पनीले २ अर्ब ७१ करोड कुल बीमा शुल्क र ३७ करोड १८ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले मंसिर मसान्तसम्ममा ६ अर्ब ५३ करोड रूपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । नेशनल लाइफले मंसिसरमा मात्रै १  अर्ब ४ करोड कुल बीमा शुल्क र २५ करोड प्रथम बीमा शुल्क संकलन गरेको छ ।

तेस्रोमा एलआइसी नेपाल

धेरै बीमा शुल्क संकलन गर्ने तेस्रो बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा ७ अर्ब २ करोड बीमा शुल्क संकलन गरेको छ ।

एलआइसीपछि धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीहरूमा राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ५६ करोड, युनियन लाइफ ३ अर्ब ३ करोड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी २ अर्ब ८० करोड, सिटिजन लाइफ २ अर्ब २० करोड र मेट लाइफ २ अर्ब ९ करोड कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी सूर्या लाइफ इन्स्योरेन्स २  अर्ब २ करोड, प्राइम लाइफ १ अर्ब ८४ करोड, सन नेपाल लाइफ १ अर्ब ६३ करोड, आइएमई लाइफ इन्स्योरेन्स १ अर्ब ४७ करोड, रिलियाबल लाइफ इन्स्योरेन्स १ अर्ब ४३ करोड रूपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

अरू कम्पनीहरूमा ज्योति लाइफ १ अर्ब ४३ करोड, रिलायन्स लाइफ १ अर्ब २१ करोड, गुराँस लाइफ १ अर्ब ११ करोड, सानिमा लाइफ १ अर्ब, प्रभु लाइफ इन्स्योरेन्स ८२ करोड र महालक्ष्मी लाइफले मंसिर मसान्तसम्ममा ६२ करोड कुल बीमा शुल्क संकलन गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष