प्रचण्ड नेतृत्वको सरकारमा जानेबारे नेकपा एसमा विवाद : निर्णय लिने जिम्मा सचिवालयलाई
काठमाडौं। प्रचण्ड नेतृत्वको सरकारमा जाने/नजाने विषयमा एकीकृत समाजवादीको बैठकले कुनै निर्णय गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बुधबार बसेको पोलिटब्युरो बैठक बिना निष्कर्ष टुंगिएको हाे । सरकारमा जान/नजानेबारे निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
‘दुई दिनसम्म बसेको पोलिटब्युरो बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणबारे बहस र छलफल भयो’, बैठकपछि उनले भने, ‘सरकारमा सहभागी हुनेबारे आवश्यक अध्ययन गर्ने, विचार विमर्श गर्ने र अन्तिम निर्णय लिने जिम्मा बैठकले केन्द्रीय सचिवालयलाई दिएको छ ।’
सोमबार बसेको बैठकमा वामपन्थीबीच एकता, सरकारलाई हेर्ने दृष्टिकोणलगायत समसामयीक विषयमा छलफल भएको थियो । यसै विषयमा छलफल गर्न गत शनिबार र आइतबार एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको थियो ।
१० पुसमा सत्ता सहयात्री दल नेकपा एसलाई जानकारी निदइ एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उनी नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणबारे नेकपा एसभित्र विवाद छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया