अनुहार देखाएर खेलेको भन्दै इरानी चेस खेलाडी र परिवारलाई धम्की
काठमाडौं (एजेन्सी) । इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै स्वदेश फर्कने धम्की दिइएको छ । हिजाब मुस्लिम महिलाले अनुहार छोप्न प्रयोग गर्ने एक किसिमको वस्त्र हो ।
समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै हिजाबबिना खेलमा सहभागी भएको भन्दै उनलाई धम्की आएको लेखेको छ ।
इरानमा महिलाले अनिवार्य हिजाब लगाउनुपर्ने प्रावधान छ । तर गत हप्ता कजाकिस्तानमा आयोजित विश्व र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा सारा बिना हिजाब सहभागी बनेकी थिइन् ।
समाचारहरूमा जनाइएअनुसार, यो प्रतिस्पर्धापछि उनलाई धेरै फोन कल आएका छन् जसमा अधिकांशले उनलाई स्वदेश फर्किन चेतावनी दिएका छन् ।
इरानमा रहेका साराका आमाबुवा र आफन्तलाई समेत धम्की आइरहेको बताइएको छ ।
इरानको विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
मंगलबार स्पेन पुगेकी साराले पनि यसबारे मुख खोल्न चाहेकी छैनन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया