NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सुनको मूल्य प्रतितोला १ लाख तीन हजार नजिक

काठमाडाैं । नेपाली सुनचाँदी बजारमा मंगलबार बढेको सुनको मूल्य बुधबार पनि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबारको तुलनामा तीन सय रूपैयाँ बढेर १ लाख २९ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन १ लाख २ हजार चार सय रूपैयाँ छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार चार सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।