सुनको मूल्य प्रतितोला १ लाख तीन हजार नजिक
काठमाडाैं । नेपाली सुनचाँदी बजारमा मंगलबार बढेको सुनको मूल्य बुधबार पनि उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबारको तुलनामा तीन सय रूपैयाँ बढेर १ लाख २९ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन १ लाख २ हजार चार सय रूपैयाँ छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार चार सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया