रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछाप । वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए ।
‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताए । प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः एक लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया