कोरोना अपडेट : थप ७ जना संक्रमित थपिए

काठमाडौं । बुधबार थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार एक हजार नमुना परीक्षण गर्दा पिसिआर विधिमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै आज ६ जना संक्रमणमुक्त भएका छन् । गएको २४ घण्टामा २१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४६ हजार ४०१ जनाले कोरोविरुद्ध खोप लगाएका छन् । छिमेकी मुलुकमा कारोनाको नयाँ प्रजाति देखिएसँगै नेपालमा पनि थप सर्तकता अपनाइएको छ ।
संक्रमणबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्नसमेत स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया