छैटौं पटक मतदान हुँदा पनि अमेरिकी संसदले चुन्न सकेन सभामुख
काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बुधबार ६ पटक मतदान भए पनि सभामुख चयन हुन सकेन ।
रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवार छन्। मङ्गलौरदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि उनीहरूले बहुमत ल्याउन सकेनन्।
अमेरिकामा सय वर्षमा पहिलोपटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्ने घटना भएको हो । आज सातौं पटक सभामुख पदका लागि संसदमा मतदान हुँदैछ ।
सन् १९२३ पछि पहिलो पटक सभामुखको निर्वाचन भोटिङमा हुन नसकेपछि यस्तो भएको हो ।
नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो।
तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको छ ।
उनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु विपक्षमा उभिएका छन् ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया