चीनबाट युएन आबद्ध मुलुक यात्रा गर्न नियमैनियम, पानीसमेत जाँच गर्नुपर्ने
काठमाडौं । युरोपेली संघले चीनबाट हुने आगमनमाथि नियन्त्रण गर्न सदस्य राष्ट्रलाई सिफारिस गरेको छ । चीनमा कोरोनाभाइरस संक्रमण बढिरहेका बेला विपद् नियन्त्रणसम्बन्धी युरोपेली संघका अधिकारीहरूले नयाँ निर्देशिका जारी गरेका हुन् ।
युरोपेली संघका बहुमत सदस्य राष्ट्रहरू बुधबार यात्रामा प्रतिबन्ध लगाउने पक्षमा देखिएका थिए । त्यसको भोलिपल्ट पछिल्लो सिफारिस आएको हो ।
निर्देशिकामा चीनबाट प्रस्थान गर्नुअघि कोभिड परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने, आगमनका क्रममा समेत परीक्षण गर्नुपर्ने तथा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, हवाई यात्राका क्रममा प्रयोग भएका पानी पनि परीक्षण गर्न सुझाइएको छ ।
निर्देशिका जारीपछि संघ आबद्ध देशहरूले त्यसको अभ्यास थालेका छन् । जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएको बिबिसीले लेखेको छ ।
सन् २०१९ को अन्त्यमा चीनमा देखिएर विश्वभर फैलिएको कोरोना भाइरसले पुनः यही देशलाई चपेटामा पारेको छ । समाचारहरूमा बताइएअनुसार, बिरामीको चापले अस्पतालहरूमाथि र शवहरूको चापले शवगृहमाथि दबाव परिरहेको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया