माइती नेपाल हटाउनुपर्ने माग गर्दै उजुरी

काठमाडौं । मानव वेचविखनमा परेका पीडिको उद्दार तथा संरक्षणको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था माइती नेपाल हटाउनुपर्ने माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।
माइती नेपाल नभएको भए नेपाल विश्वकप त्रिकेटमा छनौट भइसक्ने भन्दै संस्था हटाउनका लागि मन्त्रालयमा उजुरी परेको हो ।
आफूलाई समाजिक अभियन्ता बताउँदै आएकी तारा बरालसहितका केही व्यक्तिहरूले सो कारण पेश गर्दै उजुरी दायर गरेका छन् । हाल माइती नेपालले क्रिकेटर सन्दीप लामिछानेविरूद्ध बलात्कारको मुद्दा दायर गर्ने पीडित महिलालाई संरक्षण दिइरहेको बताइन्छ ।
बरालसहितका अभियनन्ताले केही दिनअघि सन्दीपलाई न्याय दिनुपर्ने माग गर्दै राष्ट्रिय क्रिकेट संघ(क्यान) मा पनि ताला लगाएका थिए।
नेपालमा महिलाको हक हित तथा संरक्षणको लागि अदालतवाहेक प्रहरी, महिला सेल, महिला तथा बालबालिका मन्त्रालय, महिला आयोलगायतका अंगहरू नै पर्याप्त भएको उजुरीमा उल्लेख छ । यी संस्थाहरूमा राज्यले ठूलो बजेट खर्च गर्ने गरेपनि सरकारले गैरसरकारी संस्थामा पीडित महिलालाई पठाएकोप्रति आपत्ति जनाइएको छ ।
माइती नेपालका सञ्चालकले नागरिकता, जन्मदर्तालगायत कागजात नै किर्ते बनाएर विभिन्न निर्दोष पुरुषहरू फसाउने र गैरकानुनी रूपमा राज्यको काममा पनि हस्तक्षेप गर्ने गरेको आरोप छ ।
योसँगै सञ्चालक अनुराधा कोइरालाको नागरिकताका विषयमा छानविनको मागसहित मन्त्रालयमा उक्त उजुरी दायर भएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया