महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुटकाे सम्झौता
काठमाडाैं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपिडि डाक्टर कन्सल्टेसन र चेकअप सेवा नि शुल्क, जेनेरल डेन्टल ट्रिटमेन्ट सेवामा १५% र र अर्थो थेरापि र डेन्टल इमप्लान्ट ट्रिटमेन्ट सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् ।
यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया