यसरी भयो कांग्रेस निकट पत्रकारबीच माइक खोसाखोस
काठमाडौं । प्रमुख अतिथिको विषयमा विवाद हुँदा कांग्रेस निकट नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशनमा दुई पक्षबीच माइक खोसाखोस भएको छ ।
बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्ष र इतरपक्षबीच प्रमुख अतिथि राख्ने विषयमा विवाद उत्पन्न भएपछि माइक खोसाखोस भएको हो ।
संस्थापन पक्षले अधिवेशन उद्घाटनको प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई बनाउन चाहेका थिए । तर संस्थापन इतरपक्षले नेता डा. मिनेन्द्र रिजाललाई बोलाएपछि दुई खेमाबीच विवाद उत्पन्न भएको सहभागी एक पत्रकारले जानकारी दिए ।
तर सहभागी अर्का पत्रकारले अधिवेशनमा संस्थापन इतर पक्षधरका पार्षदहरू धेरै राखेर आफू पक्षका नामहरू काटिएको सस्थापन पक्षले आरोप लगाएका छन् । ती पत्रकारका अनुसार संस्थापन इतरले एकलौटी ढंगले पार्षद नियुक्त गरेको आरोप लगाएपछि झडपको स्थिति पैदा भएको हो । त्यहि कुरामा विवाद हुँदा एक प्रतिनिधिले माइकको तार नै चुँडाइदिएका थिए ।
‘
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया