यसरी भयो कांग्रेस निकट पत्रकारबीच माइक खोसाखोस

काठमाडौं । प्रमुख अतिथिको विषयमा विवाद हुँदा कांग्रेस निकट नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशनमा दुई पक्षबीच माइक खोसाखोस भएको छ ।
बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्ष र इतरपक्षबीच प्रमुख अतिथि राख्ने विषयमा विवाद उत्पन्न भएपछि माइक खोसाखोस भएको हो ।
संस्थापन पक्षले अधिवेशन उद्घाटनको प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई बनाउन चाहेका थिए । तर संस्थापन इतरपक्षले नेता डा. मिनेन्द्र रिजाललाई बोलाएपछि दुई खेमाबीच विवाद उत्पन्न भएको सहभागी एक पत्रकारले जानकारी दिए ।
तर सहभागी अर्का पत्रकारले अधिवेशनमा संस्थापन इतर पक्षधरका पार्षदहरू धेरै राखेर आफू पक्षका नामहरू काटिएको सस्थापन पक्षले आरोप लगाएका छन् । ती पत्रकारका अनुसार संस्थापन इतरले एकलौटी ढंगले पार्षद नियुक्त गरेको आरोप लगाएपछि झडपको स्थिति पैदा भएको हो । त्यहि कुरामा विवाद हुँदा एक प्रतिनिधिले माइकको तार नै चुँडाइदिएका थिए ।
‘
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया