पूर्वराजा ज्ञानेन्द्रसँगको भेटबाट म निकै प्रभावित भएको छु : रवीन्द्र मिश्र
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । मिश्रले पूर्वराजा शाहसँग आफूले १५ वर्षपछि भेटेको सामाजिक सञ्जाल स्वीटरमार्फत् जानकारी दिएका छन् ।
ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटवार्तामा उनको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्तनबाट प्रभावित भएको उल्लेख गरेका छन् ।
‘असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था,’ मिश्रले लेखेका छन्, ‘बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।’
पाँच वर्षअघि आफैले स्थापना गरेका विवेकशील साझा पार्टी परित्याग गरी चुनावकाे मुखमा राप्रपा प्रवेश गरेका उनी संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया