NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गण्डकीमा मुख्यमन्त्री पदकाे दाबी पेश गर्न आह्वान

काठमाडौं । गण्डकी प्रदेशले २५ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका हुन् । सविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको हो ।

गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको छ ।