NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १६औं वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ ।

महिला सशक्तीकरणको प्रयास स्वरुप संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा बैंकले यो अभियान सञ्चालन गर्दैछ ।

प्रत्यके प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले महिलाहरुको पाठेघरको क्यान्सर ९भीआईए० परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका ५ जना गम्भीर बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका १ जना गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

नेपाल परिवार नियोजन संघसँगको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिकारनगरपालिकाको समन्वयमा शिविर सञ्चालन हुने बैंकले बताएको छ ।

२२ पुसमा  प्रदेश-१ अन्तर्गत ईलामको ईलाम नगरपालिका-साँखेजुङ्ग वडा कार्यालय परिसर, मधेश प्रदेशअन्तर्गत रौतहटको फतुवा विजयपुर नगरपालिक-७ स्थित प्राथमिक उपचार केन्द्र, गण्डकी प्रदेशअन्तर्गत बागलुङको निसिखोला गाउँपालिका–३ झिवाखोला स्थित बोहोरा गाउँ स्वास्थ चौकी र लुम्बिनी प्रदेशअन्तर्गत रोल्पाको रुन्टी गढी नगरपालिका स्थित होलेरी प्राथमिक स्वास्थ केन्द्रामा शिविर सञ्चालन हुने बैंकले जनाएको छ ।

२३ पुसमा बाग्मती प्रदेशअन्तर्गत दोलखाको कालिन्चोक गाउँपालिका-६ स्थित पारच्याङ स्वास्थ चौकी र सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको जोरायाल नगरपालिका-५ खहडास्थित गडशेरा स्वास्थ चौकी तथा कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको लेकबेसी नगरपालिका-६ कल्याणस्थित कल्याण स्वास्थ चौकीमा २५ पुसमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने बैंकले जनाएको छ ।

स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी विशेषत ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।