अब काठमाडौं प्रशासनबाट आधा घण्टामै राष्ट्रिय परिचयपत्र पाइने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रशासनिक सेवा सहज बनाउनका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । कार्यालयबाट प्रवाह हुने दश किसिमका सेवामा टाइम कार्ड लागू गरिएको हो ।
आजबाट लागू गरिएको टाइम कार्ड अनुसार सेवाग्राहीले पूरा कागजात ल्याएको खण्डमा ३० मिनेटमै राष्ट्रिय परिचयपत्र पाउँछन् । संस्था नविकरणको काम पनि सोही समयमा पूरा हुने भएको छ ।
त्यस्तै, राहदानी वितरणका लागि १५ मिनेट, नागरिकता र नाबालक प्रमाणपत्र प्राप्तीमा एक घण्टा समय तोकिएको छ । सेवाग्रहीलाई अब सामान्य सिफारिस गर्ने कामका लागि एक घण्टा लाग्नेछ । हातहतियार नविकरणका लागि एक घण्टा, पेशी र तारेख दिन आधा घण्टा र फैसलाका लागि ६० दिन समय तोकिएको छ ।
सेवाग्राहीले शुक्रबारवाहेकका दिनमा प्रमुुख जिल्ला अधिकारीलाई दिउँसो ३ देखि ४ बजेसम्म सेवाप्रवाहबारे गुनासो पोख्न पाउनेछन् ।
कार्यालयले सेवा प्रवाहमा ६५ वर्ष माथिका नागरिक, अशक्त र सानो बच्चासहित आएका महिलालाई लाइनमा बस्न नपर्ने र ७५ वर्ष माथिका नागरिकलाई सहयोगीसहित सेवा लिने व्यवस्था गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया