ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको पुस २५ बाट एकीकृत कारोबार सुरु हुँदै
काडमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूलाई एक आपसमा मर्जर भएर पुस २५ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस १९ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
दुवै एक भएपछि अब ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । यस्तै, मंसिर २३ गते सम्पन्न साधारण सभाले पनि दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमतिमा तथा कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । सम्झौतमा दुवै बैंक १ः१ अर्थात बराबरी हैसियतमा मर्जमा जाने सम्झौता गरेका थिए । यस्तै, मर्जरपश्चात ग्लोबल आइएमई बीओके बैंकको नाममा एकीकृत कारोबार हुने सम्झौता भएको थयो । तर, राष्ट्र बैंकले यो नाममा सहमति नदिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । यता पुस २५ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २३, २४ र २५ (तीन दिन) गते सबै सेवाहरु अवरुद्ध हुनेछन् 
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया