स्वास्थ्य चौकीलाई ल्यापटप र ट्याब सहयोग
सिमकोट । हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्य चौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ ।
ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ डाँडाफया स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताए ।
स्वास्थ्य चौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएका बेला स्वास्थ्यचौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुुन स्थानबाट पनि रिपोर्टिङ गर्न सकिने उनको भनाइ थियो ।
उक्त स्वास्थ्य चौकीले एक/एक थान ल्यापटप र ट्याब पाएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए । स्वास्थ्यचौकीले आफ्नो प्रगति विवरण कम्प्युुटरमा प्रविष्ट गरेर अनलाइनबाट रिपोर्टिङ गर्नुपर्ने भएकाले स्वास्थ्यचौकीका संयोजकलाई ल्यापटप र ट्याबलेट उपलब्ध गराइएको उनले जानकारी दिए ।
पालिकामा रहेका ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्यचौकीलाई आठवटा ल्यापटप र ट्याब प्रदान गरिएको हो । यसअघि ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न स्वास्थ्यचौकीलाई कठिन हुँदै आएको थियो । उक्त गाउँपालिकाका सबै स्वास्थ्यचौकीमा इन्टरनेट सेवासमेत जडान भइसकेको छ ।
त्यसैगरी, स्वास्थ्य शाखाले १३ नर्सिङका स्वास्थ्यकर्मीलाई एक एक थान, झोला र टचलाइट पनि प्रदान गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया