५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते ५३ खर्ब २ अर्ब पुगेको हो ।
गत मङ्सिरको अन्तिमसम्ममा ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ ।
पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ ।
बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया