टी–२० क्रिकेट : जनकपुरले लुम्बिनीलाई हरायो

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् ।
लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा र जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भए । जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए ।
त्यस्तै सुनिल धमलाले २७ रन जोडे भने गुलशन झाले अविजित १० रन बनाए । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले तीन विकेट लिए भने समिउल्लाह शिनवारीले दुई विकेट झारे । त्यसअघि पहिले टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा छ विकेट गुमाएर एक सय ५९ रन बनायो । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रनको योगदान दिए ।
त्यस्तै शरफुदिन असरफले ३४ रन बनाए भने खडक बोहोराले २२ तथा शमिउल्लाह शिनवारीले २० रन बनाए । लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान दुई÷दुई विकेट लिए भने प्याट ब्राउन र इशान पाण्डेले समान एक/एक विकेट लिए ।
दश खेल खेलेको लुम्बिनीले आठमा जित तथा दुई खेलमा हार बेहोरेको छ । लुम्बिनी १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १० खेलमा सात जित र तीन हारसहित जनकपुर १४ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रह्यो ।
अब फाइनलमा पुग्न लुम्बिनी र जनकपुरले आइतबार हुने पहिलो क्वालिफायर खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख प्राप्त गर्नेछन् ।
ताजा अपडेट
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
प्रतिक्रिया