काठमाडौं ओर्लंदै छिमेकी देशका नयाँ राजदूत
काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत आज काठमाडौं आइपुग्ने भएका छन् ।
नवनियुक्त राजदूत छन् सोङ एयर चाइनाको नियमित उडानबाट आइतबार काठमाडौं ओर्लन लागेका हुन् ।
उनी अहिले बिहान साढे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
छन् यसअघि पुस १२ मा नै काठमाडौं आउने कार्यक्रम थियो । तर एकाएक सत्तासमीकरण फेरिएपछि उनी आज नेपाल आउन लागेका हुन् ।
नयाँ राजदूत आउने भएपछि चिनियाँ दूतावासका झण्डै आधा दर्जन कर्मचारी उनको स्वागतका लागि विमानस्थल पुगेका छन् । राजदूतको स्वागतका लागि विमानस्थल पुग्नेहरूमा कार्यवाहक राजदूत वाङ सिन,कमर्सियल हेर्ने सि यु,डिफेन्स एट्याची कर्णेल लिउ कोचङ,पोलिटिकल सेक्रेटरी यु पङचङ,प्रथम सचिव चाङ ख, नेपाली बोल्ने लिउ बोवेन र तृतीय सचिव लिउ चेलगायत छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया