NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एकैदिन सुनको मूल्य १००० रूपैयाँले उकालो

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य तोलामा एक हजार रूपैयाँले उकालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख तीन हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको हो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला  एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष