प्रचण्डलाई नेकपा एसले विश्वासको मत दिने !
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने संकेत दिएका छन् ।
जसपाले प्रचण्ड सरकारलाई समर्थन गरेर पनि सरकारमा सहभागी भएको छैन भने एकीकृत समाजवादी विपक्षमा रहेको छ । यी दुवै दललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड निरन्तर सम्वादमा रहेका छन् ।
आइतबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको यी दुवै दलका शीर्ष नेतासँगको भेटवार्ता सकारात्मक भएको प्रधानमन्त्रीले बताएका छन् । उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको छलफल पछि प्रधानमन्त्री प्रचण्ड उत्साहित भएका हुन् ।
छलफलपछि उपस्थित सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘उहाँहरू विश्वासको मत दिन सकारात्मक हुनुहुन्छ । आजको छलफलबाट म निकै उत्साहित छु’, उनले भने ।
यसैगरी जसपा अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए । १० पुसमा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया