प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त
काठमाडौं । एमाले संसदीय दलका नेता हिक्मत कार्की प्रदेश १ का मुख्यमन्त्री चयन भएका छन् ।
कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
१७ पुसमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम एक साताको समय दिएर मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका
थिए ।
मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा कार्की झापा–५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी एमाले स्थायी समिति सदस्यसमेत हुन् ।
अध्यक्ष केपी ओलीका विश्वासिला पात्र रहेका उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया