बक्स अफिसमा ‘अवतार २’ को धमाका, ‘सर्कस’लाई ‘बेड’ले उछिन्यो
काठमाडौं । नयाँ वर्षको शुरुवातसँगै सिनेप्रेमीहरू हलमा आउने नयाँ चलचित्रको प्रतीक्षामा छन्। तर २०२३ को पहिलो हप्तामा कुनै पनि नयाँ ठूला चलचित्र हलमा आएनन् । यस्तो अवस्थामा पछिल्ला केही साता रिलिज भएका चलचित्र मात्र हलमा रहन सफल भएका छन् । यी फिल्महरूमा ‘अवतार : द वे अफ वाटर’ ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । अवतारले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहँदा ‘सर्कस’को अवस्था भने रिलिज भएको दिनदेखि नै नाजुक छ ।
आउनुहोस् जानौं आइतबार कुन फिल्मले कति कमाए
अवतार
जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ ले रिलिज भएदेखि नै बक्स अफिसमा असाधारण व्यापार गरिरहेको छ । विदेशसँगै भारतमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ । आइतवार आएको प्रारम्भिक तथ्यांक अनुसार फिल्मले २४ औं दिनमा ७ करोड ५० लाख कमाएको छ । यस्तो अवस्थामा फिल्मको अहिलेसम्म ३७१.५० करोडको कलेक्सन भएको छ ।
दृश्यम २
अजय देवगन स्टारर फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धमाका मचाएको छ । फिल्म रिलिजको सातौं हप्तामा हिँीडरहेको छ र अझै हलमा यसको आकर्षण देखिएको छ।
आइतबार भने फिल्मको कमाइमा गिरावट आएको छ । ५२ औँ दिन दृश्यम २ ले ७५ लाखको व्यापार गरेको छ । यस्तो अवस्थामा फिल्मको कमाई अहिले २३८.४६ करोड पुगेको छ ।
सर्कस
रोहित शेट्टीले निर्देशन गरेको ‘सर्कस’मा रणवीर सिंह, ज्याकलिन फर्नान्डिज, पूजा हेगडे, वरुण शर्मालगायत स्टार कलाकारको अभिनय छ । तर मल्टिस्टारर बने पनि फिल्मले राम्रो कलेक्सन गर्न सकेको छैन । रिलिजको दिनमै खराब व्यापार गरेको ‘सर्कस’लाई फ्यानहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन् । योसँगै प्रारम्भिक तथ्यांक अनुसार अहिलेसम्म करिब ३७ करोड संकलन गर्न सफल भएको छ ।
वेड
रितेश देशमुख र जेनेलिया डिसुजाको मराठी फिल्म ‘वेड’ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्मबाट रितेशले निर्देशकको रूपमा डेब्यु गरेका हुन् । आइतबार फिल्मको कमाइमा ठूलो उछाल आएको छ । शनिबार फिल्मले ४.५३ करोड कमाएको थियो भने आइतबार ६ करोड कमाउन सफल भयो । फिल्मको अहिलेसम्मको कुल कमाइचाहिँ ३३.५२ करोड छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया