बक्स अफिसमा ‘अवतार २’ को धमाका, ‘सर्कस’लाई ‘बेड’ले उछिन्यो

काठमाडौं । नयाँ वर्षको शुरुवातसँगै सिनेप्रेमीहरू हलमा आउने नयाँ चलचित्रको प्रतीक्षामा छन्। तर २०२३ को पहिलो हप्तामा कुनै पनि नयाँ ठूला चलचित्र हलमा आएनन् । यस्तो अवस्थामा पछिल्ला केही साता रिलिज भएका चलचित्र मात्र हलमा रहन सफल भएका छन् । यी फिल्महरूमा ‘अवतार : द वे अफ वाटर’ ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । अवतारले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहँदा ‘सर्कस’को अवस्था भने रिलिज भएको दिनदेखि नै नाजुक छ ।
आउनुहोस् जानौं आइतबार कुन फिल्मले कति कमाए
अवतार
जेम्स क्यामरुनको फिल्म ‘अवतारः द वे अफ वाटर’ ले रिलिज भएदेखि नै बक्स अफिसमा असाधारण व्यापार गरिरहेको छ । विदेशसँगै भारतमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ । आइतवार आएको प्रारम्भिक तथ्यांक अनुसार फिल्मले २४ औं दिनमा ७ करोड ५० लाख कमाएको छ । यस्तो अवस्थामा फिल्मको अहिलेसम्म ३७१.५० करोडको कलेक्सन भएको छ ।
दृश्यम २
अजय देवगन स्टारर फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धमाका मचाएको छ । फिल्म रिलिजको सातौं हप्तामा हिँीडरहेको छ र अझै हलमा यसको आकर्षण देखिएको छ।
आइतबार भने फिल्मको कमाइमा गिरावट आएको छ । ५२ औँ दिन दृश्यम २ ले ७५ लाखको व्यापार गरेको छ । यस्तो अवस्थामा फिल्मको कमाई अहिले २३८.४६ करोड पुगेको छ ।
सर्कस
रोहित शेट्टीले निर्देशन गरेको ‘सर्कस’मा रणवीर सिंह, ज्याकलिन फर्नान्डिज, पूजा हेगडे, वरुण शर्मालगायत स्टार कलाकारको अभिनय छ । तर मल्टिस्टारर बने पनि फिल्मले राम्रो कलेक्सन गर्न सकेको छैन । रिलिजको दिनमै खराब व्यापार गरेको ‘सर्कस’लाई फ्यानहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन् । योसँगै प्रारम्भिक तथ्यांक अनुसार अहिलेसम्म करिब ३७ करोड संकलन गर्न सफल भएको छ ।
वेड
रितेश देशमुख र जेनेलिया डिसुजाको मराठी फिल्म ‘वेड’ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्मबाट रितेशले निर्देशकको रूपमा डेब्यु गरेका हुन् । आइतबार फिल्मको कमाइमा ठूलो उछाल आएको छ । शनिबार फिल्मले ४.५३ करोड कमाएको थियो भने आइतबार ६ करोड कमाउन सफल भयो । फिल्मको अहिलेसम्मको कुल कमाइचाहिँ ३३.५२ करोड छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया