१६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६च अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
केन्द्रीय बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी माघ २४ गते परिपक्व हुनेछ । त्यस्तै ९१ दिनको लागि ८ अर्ब जुन ट्रेजरी चैत्र २८ गते परिपक्व हुनेछ । त्यस्तै १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार २६ गते परिपक्क हुने छ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया