NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

संसदमा रविको पहिलो सम्बोधन : म र मसम्वद्ध दलबाट अनिमियता हुने छैन

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को पहिलो सम्बोधनमा आफू र  आफूसम्वद्ध दलका सांसदबाट कुनै गल्ती नगर्ने प्रतिवद्धता जनाएका छन् ।

जननिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उक्त प्रतिबद्ता जनाएका हुन् । ‘म र मसम्वद्ध दलबाट कुनै अनिमियता हुने छैन, कुनै काण्डमा नमुछिने वाचा गर्छु । यदि अनियमिता भएको खण्डमा निर्मम सजाय दिन अनुरोध गर्दछु ।’

सम्बोधनको क्रममा उनले सरकारका प्राथमिकतालई मध्यनजर गर्दै काम सुरू भइसकेको जनाए । लामिछानेले गृहमन्त्री, सांसद् एवं जनप्रतिनिधी जिम्वेवार बन्यो भने मात्रै सरकारका न्युनतम कार्यक्रम सम्पन्न हुन सरकारलाई मदत पुग्ने बताउँदै आफ्नो पार्टी सरकारको सपोर्टमा निरन्तर हुने उल्लेख गरे । साथै उनले भ्रष्टाचारका छानिविन र अपराधमा कसैले पनि प्रभाव र दवाव सिर्जना नगरिदिन अनुरोध गरेका छन् ।

उनले आफ्नो पार्टी नेपाली जनताको विकास र इतिहासको साक्षी बन्न खडा भएको बताए । उनले नेपाली जनताले दिएको मत निराशाको नभएर आशाको मत भएको बताए । साथै आफ्नो दलले पाएको मत सम्पूर्ण राजनीतिक दलको आशाको मत भएको जनाए ।

‘नयाँ पार्टीको उदय ठूलो नभएपनि विश्वास दिएको मत मूलुकमा आवश्यक छ ।  जनताले दिएको मतलाई मूलुकको हीतको लागि सदुपयोग गर्ने विश्वास व्यक्त गर्छु ।’