ललिता निवास प्रकरणको विवरण सार्वजनिक गर्न गृहमन्त्री लामिछानेलाई पूर्वसचिव त्रितालको चुनौती
काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले बालुवाटारस्थित ललिता निवासको जग्गामा भएको भ्रष्टाचारको अनुसन्धान विवरण सार्वजनिक गर्न चुनौती दिएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै त्रितालले उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले गरेको अनुसन्धानको विवरण सार्वजनिक गरेर देखाउन रविलाई चुनौती दिएका हुन् ।
यो काम गर्नु उनको लागि अवसर र चुनौती दुवै भएको त्रितालले बताएका छन् । लामिछानेले आज संसदको पहिलो बैठकमा जुनसुकै भ्रष्टाचारको घटनाविरूद्ध निर्मम भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । उनको भनाई निकै महत्वपूर्ण भएको भन्दै त्रितालले सो काम गरेर उक्त भनाईलाई गराईमा परिणत गर्न चुनौती दिएका हुन् ।
‘अघिल्ला दुई सरकारले रोकेको बालुवाटारस्थित ललिता निवासको जग्गामा भएको किर्ते र ठगी सम्बन्धी सीआइबी गरेको अनुसन्धानको विवरण सार्वजनिक गरेर(समय सकिएकोले सायद सो मुद्दा अदालतमा पेश हुन त सक्दैन होला) देखाउन सक्नु भएमा भनाइ र गराइका बीचको वास्तविकता थाहा हुन सक्ने थियो,’ उनले लेखेका छन् ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया