NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ललिता निवास प्रकरणको विवरण सार्वजनिक गर्न गृहमन्त्री लामिछानेलाई पूर्वसचिव त्रितालको चुनौती

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले बालुवाटारस्थित ललिता निवासको जग्गामा भएको भ्रष्टाचारको अनुसन्धान विवरण सार्वजनिक गर्न चुनौती दिएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै त्रितालले उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले गरेको अनुसन्धानको विवरण सार्वजनिक गरेर देखाउन रविलाई चुनौती दिएका हुन् ।

यो काम गर्नु उनको लागि अवसर र चुनौती दुवै भएको त्रितालले बताएका छन् । लामिछानेले आज संसदको पहिलो बैठकमा जुनसुकै भ्रष्टाचारको घटनाविरूद्ध निर्मम भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । उनको भनाई निकै महत्वपूर्ण भएको भन्दै त्रितालले सो काम गरेर उक्त भनाईलाई गराईमा परिणत गर्न चुनौती दिएका हुन् ।

‘अघिल्ला दुई सरकारले रोकेको बालुवाटारस्थित ललिता निवासको जग्गामा भएको किर्ते र ठगी सम्बन्धी सीआइबी गरेको अनुसन्धानको विवरण सार्वजनिक गरेर(समय सकिएकोले सायद सो मुद्दा अदालतमा पेश हुन त सक्दैन होला) देखाउन सक्नु भएमा भनाइ र गराइका बीचको वास्तविकता थाहा हुन सक्ने थियो,’ उनले लेखेका छन् ।