NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अग्रसर बचत तथा ऋण सहकारीको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । अग्रसर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ओपेन्द्र शर्माको सभापतित्वमा पुस २३ गते आयोजित सभामा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माको प्रमुख अतिथ्य तथा प्रतिनिधिसभा सदस्य नारायणी शर्मा र नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य ओम शर्माको विशेष अतिथ्य र अन्य सहकारीकर्मीहरुको अतिथ्यमा सम्पन्न भएको हो ।

साधारण सभामा नारायणी शर्माले राष्ट्रको गरिवी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशांसा गरिन् । उनले ठुला- ठुला आन्दोलनले जसरी राजनीति संरचना परिर्वन हुर्दै आए त्यसैगरि राष्ट्रको सुगमदेखी दुर्गमसम्म सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताइन् ।

सभामा विशेष अतिथि ओम शर्माले सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने बताए । उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्ने औल्याए ।
सुनौलो सहकारीका कार्यवाहक अध्यक्ष तथा संस्थाको उपाध्यक्ष सन्तोष प्रसाद अधिकारी, पुर्व सह सचिव भरत कुमार शर्मा, मनास्लु वल्र्ड कलेजका प्रधानाध्यापक राजन श्रेष्ठ, एफसिए. दिलमान सिंह चन्द, ग्लोवल बहुउदेश्यीय सहकारीका सचिव बालकृष्ण चपागाई, किष्ट तथा नेपाल भरात मैत्री हस्पिटलका डा. महेन्द्र पुडासैनी, अधिवक्ता मनिष कुमार श्रेष्ठ, नेपाली सेनाका पूर्व मेजर प्रताप बहादुर थापा र विमा प्राधिकरणका संचालक सदस्य सन्तोष रिजाललगायतका अतिथिहरुले संस्थाको १२ औं बार्षिक साधारण सभाको सफलताको शुभकामना गरेका थिए ।

राष्ट्रिय सभाका सदस्य जग प्रसाद शर्माले राष्ट्रले परिकल्पना गरेको समाजवादको एक महत्वपुर्ण पात्र सहकारी रहेको बताए ।सहकारीकर्मीहरुले सहकारी ऐनको परिधिमा रही वित्तिय क्षेत्रमा आउन नसकेको पूँजीलाई वित्तिय क्षेत्रमा ल्याउन सकेकोमा र संकलित पूँजीको सूरक्षणको दायित्तव पनि सहकारीकर्मीहरु नै रहेकोले वित्तिय अनुशाशन भुल्न उनको भनाइ थियो ।

सभामा संस्थाको अध्यक्ष ओपेन्द्र शर्माले आव २०७८⁄०७९ वार्षिक प्रतिवेदन पेश गरे । संस्थाको गत आर्थिक वर्षमा शेयर पूँजी १ करोड १९ लाख ६ हजार सात सय, निक्षेप संकलन २ करोड ७५ लाख ८१ हजार पाँच सय सन्ताउन्न र शेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा ३ करोड ९२ लाख ९ हजार २ सय ५ रुपयाँ ऋण लगानी रहेको छ । आव २०७८/०७९ मा संस्थाले २० लाख २४ हजार ६ सय ४७ रुपयाँ मात्र नाफा गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष