इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । इन्डोनेसियाको टनिम्बर क्षेत्र केन्द्रबिन्दु भएर मंगलबार बिहान ७.७ म्याग्निच्युटको भूकम्प गएको हो ।
भूकम्पले पुर्याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।
भूकम्पपछि निरन्तर परकम्प गइरहेका छन् । यसबाट थप क्षति हुनसक्ने भन्दै भूगर्भविदहरूले सतर्क रहन सुझाएका छन् ।
सुनामीको खतरा रहेको भन्दै नागरिकहरूलाई सतर्क रहन भनिएको छ ।
इन्डोनेसिया भूकम्पको चपेटामा पर्दै आएको छ । यसअघि गत नोभेम्बरमा जाभा प्रान्त भएर ५.६ म्याग्निच्युटको भूकम्प जाँदा ३१८ जनाको मृत्यु भएको थियो । घटनामा ६२ हजार भन्दा धेरै व्यक्तिहरु विस्थापित भएका थिए ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया