विश्वासको मतबारे निर्णय लिन कांग्रेस र समाजवादीको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन/नदिने भन्नेबारे निर्णय लिन नेपाली कांग्रेस र माधवकुमार नेतृत्वको एकीकृत समाजवादीको बैठक बस्ने भएको छ ।
लामो समय सहकार्यमा रहेर पुस १० गते एमालेलगायत दलसँगको समर्थनमा प्रधानमन्त्री बन्न पुगेका प्रचण्डले आफूलाई विश्वासको मत दिन दुवै दलसँग आग्रह गरेका छन् । यद्यपि, यी दलमा विश्वासको मत दिनुपर्ने र दिन नहुने दुवैखाले मत देखिएका छन् ।
कांग्रेसले यसबारे निर्णय लिन पहिले पदाधिकारी र त्यसपछि संसदीय दलको बैठक डाकेको छ । समाजवादीले भने सचिवालय बैठकबाट यसबारे ठोस कदम चाल्ने तयारी गरेको छ ।
एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले संविधानअनुसार आज बस्ने संसद् बैठकमा विश्वासको मत लिँदैछन् । संविधानतः धारा ७६(२) अनुसार दुई वा सोभन्दा बढी दलको समर्थनमा राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त व्यक्तिले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया