विश्वासको मतबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने–नदिनेबारे छलफल गर्न बोलाइएको कांग्रेस पदाधिकारी बैठक अहिले जारी छ ।
पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीम जारी बैठकमा अहिले नेताहरूले आफ्ना भनाइ राखिरहेका छन् । स्रोतका अनुसार, विश्वासको मतबारे नेताहरूको मिश्रित भनाइ रहेको छ । बैठकले यसबारे छलफल गरेर अन्तिम निर्णय लिनेछ ।
पदाधिकारी बैठकपछि लगत्तै यसबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक पनि बस्दैछ ।
कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, राप्रपालगायत १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका दाहालले आज संसदमा विश्वासको मत लिँदैछन् । दाहालले सबै दलसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । अन्य दलले यसबारे निर्णय लिइसके पनि कांग्रेस र एकीकृत समाजवादी अझै अनिर्णियत छन् । यद्यपि, दाहालसँगको भेटमा दुवै दलका शीर्ष नेताले विश्वासको मत दिने वचन दिएका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया