भोलि सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि ३०१ औं पृथ्वी जयन्तीको अवसरमा राज्यभर तथा विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगमासमेत सार्वजनिक बिदा दिने जनाएको छ ।
नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो । हरेक पुस २७ गते पृथ्वी जयन्ती मनाउने गरिन्छ ।
हेराैं सूचना :

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया