एसिड आक्रमणमा परेकालाई नि: शुल्क उपचार दिइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एसिड आक्रमणमा परेकालाई नि:शुल्क उपचार दिने भएको छ ।
मन्त्रिपरिषदबाट निर्णय भए बमोजिम एसिड आक्रमणका पिडितलाई उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार सो व्यवस्था मिलाइएको हो ।
पिडितले आकस्मित उपचारका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट नि: शुल्क उपचार पाउने छन् भने आकस्मितबाहेक अन्य उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा जानु पर्ने मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने


प्रतिक्रिया