अनि मैले दौरा-सुरुवाल लगाउने निर्णय गरें…
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दौरा-सुरुवालको विरोधी नभएको प्रष्टिकरण दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सासंदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले दौरा-सुरुवालको कहिले विरोधी नभएको स्पष्ट पारेका हुन ।
‘मैले दौरा-सुरुवाल लगाएको विषयमा संसदभित्र पनि माननीय सदस्यहरुले प्रश्न उठाउनु भयो, बाहिर पनि खुब चर्चा भयो । विदेशी कूटनीतिक नियोगका साथीहरुले पनि तपाइले दौरा-सुरुवाल किन नलगाउनु भएको भनेर प्रश्न गर्नुभएको थियो ।’ संसदमा उनले भने, ‘म माननीय ज्युहरुलाई प्रष्ट पार्न चाहन्छु, म दौरा-सुरुवाल विरोधी कहिले थिएइन् र छैन् पनि दौरा सुरुवालको विषयमा धेरै विरोध र छलफल भए पनि पछिल्लो समय दौरा सुरुवाल सबैको साझा पोसाक बन्दै गएको मैले महसुस गरेको छु, यी सबै विषयलाई मूल्यांकन गर्दा मैले दाैरा – सुरुवाल लगाउने निर्णय गरे ।’
अहिलेसम्म राष्ट्रिय पोसाकमा नदेखिएका ‘प्रचण्ड’ पुस ११ गते प्रधानमन्त्रीको सपथ कार्यक्रममा दौरा-सुरुवालमा देखिएपछि उनको सबैले मजाक उडाएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया